धनगढी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत डडेल्धुराका सबै पालिकास्तरीय अधिवेशन सम्पन्न भएका छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा शनिवार अधिवेशन सम्पन्न भएको हो।
अमरगढी नगरपालिका र नवदुर्गा गाउपालिकामा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको छ। बाँकी पाँच वटा तहमा निर्वाचन प्रणाली बाट अधिवेसन भएको छ। अमरगढी नगरपालिकाको नगर सभापतिमा खेमराज भट्ट (मायालु) निर्वाचित भएका छन्। शनिबार भएको अधिवेशनमा सभापतिसहित सिंगो कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले जानकारी दिए।
त्यस्तै जिल्लाको नवदुर्गा गाँउपालिकामा भोजराज भट्ट गाँउपालिका सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन् भने उनीसंगै पुरै कार्यसमिति सर्वसम्मत चयन भएको अधिकृत बमले बताए। अजयमेरु गाँउपालिकामा टेकराज पाण्डेय ८४ मतसहित गाँउपालिका सभापतिमा निर्वाचित भएका छन् । सचिवमा देबराज पनेरु विजय भएका छन्। परशुराम नगरपालिकाको सभापतिमा भरत बडायर जोशी एक सय ४८ मत सहित बिजय भएका छन्। जम्मा २०० मत खसेका थिए।
गन्यापधुरा गाउँपालिका सभापतिमा ईन्द्र कार्की निर्वाचित भएका छन्। आलितालमा चन्द्रदेब बोहरा गाँउपालिका सभापतिमा विजय भएका छन्। भागेश्वर गाउँपालिका सभापतिमा डम्बरराज जोशी गाउपालिका सभापति निर्वाचित भएका छन्।