KhabarUjyalo

भवन उद्घाटनका लागी हेलिकोप्टरमा पुगेका मुख्यमन्त्री,मन्त्रीलाई ४० किलोको मालाले स्वागत !

९ आश्विन २०७८, शनिबार
भवन उद्घाटनका लागी हेलिकोप्टरमा पुगेका मुख्यमन्त्री,मन्त्रीलाई ४० किलोको मालाले स्वागत !

जाजरकोट : जाजरकोटको जगदुल्ला गाउँपालिका डोल्पाको प्रशासकीय भवन उद्घाटनका लागि हेलिकोप्टरमा पुगेका मुख्यमन्त्री मन्त्रीलाई ४० किलोको मालाले स्वागत गरिएको छ ।

विरलै मात्र डोल्पा जगदुल्ला पुग्ने महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिङ बुढालाई भारी माला लगाएर स्वागत गरिएको हो । त्यस्तै गाउँपालिकाका अध्यक्ष नरसिंह रोकायलाई समेत सोही तौलको माला लगाएको छ ।

लाखौं रकम खर्च गरेर हेलिकोप्टरमा गाउँपालिकाको भवन उद्घाटन गर्न गएका मुख्यमन्त्री तथा मन्त्रीलाई भारी माला लगाएर स्वागत गरेपछि सर्वसाधारण चकित परेका छन् । उता प्रदेशसभा सदस्य बीरबहादुर शाहीले भने माला लगाउन अस्वीकार गरेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo