KhabarUjyalo

माओवादी केन्द्र निकट महिला संघ अजयमेरु गाउँपालिका ४ को अध्यक्षमा आशा भट्ट चयन

९ आश्विन २०७८, शनिबार
माओवादी केन्द्र निकट महिला संघ अजयमेरु गाउँपालिका ४ को अध्यक्षमा आशा भट्ट चयन

डडेल्धुरा : नेकपा माओवादी केन्द्रको जन वर्गीय संगठन नेपाल महिला संघ अजयमेरु गाउँपालिका ४ को अध्यक्षमा आशा भट्ट चयन भएकी छन् ।

शनिबार आशा भट्टको अध्यक्षमा नयाँ कमिटीमा चयन भएको हो ।

यस्तै संघको उपाध्यक्ष गौरी देवि बिष्ट ,सचीव रामेश्वरी पाण्डेय ऐर,कोषाध्यक्ष, कविता चटौत सहितको ५१ सदस्यीय कमिटी गठन गरिएको छ ।

अतिथिमा जिल्ला सदस्य कलावती भांड,अजयमेरु ४ का वडाध्यक्ष टीका बहादुर बिष्ट,अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष तारा दत्त भट्ट,वाइसीएल जिल्ला सदस्य भोज राज भट्ट रहेका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo