KhabarUjyalo

कोमल ओलीले भनिन्- ‘म सबैको प्रेमिका बन्न सकिन’

९ आश्विन २०७८, शनिबार
कोमल ओलीले भनिन्- ‘म सबैको प्रेमिका बन्न सकिन’

काठमाडौं । नेकपा (एमाले) नेतृ कोमल वलीले सबैको प्रेमिका बन्न नसकेको बताएकी छन् ।

राष्ट्रियसभा सदस्यसमेत रहेकी वलीले भावना र कथा भन्दा प्रकृति र जीवन फरक रहेछ भन्दै प्रकृतिमा सधैँ सबैको सहयोगी बन्न नसकिने उल्लेख गर्दै सबैको प्रेमिका बन्न नसकेको बताएकी छन् ।

उनले आफूलाई कडा नबन्नु र सबैको प्रेमिका बन्नु भनेर प्रकृतिले दिएको भए पनि त्यो कुरा मानव जातिमा सम्भव नभएको बताएकी हुन् ।

‘स्वभावैले कडा नबनु भन्ने मलाई प्रकृतिले दिएको थियो ।

स्वभावैले सबैको प्रेमिका बनु भन्ने पनि मलाई प्रकृतिले दिएको थियो’, वलीले तस्बिरसहितको ट्वीटमा थप लेखेकी छन्, ‘तर मानव जातिमा सबैको प्रेमिका बन्न सकिंदो रहेनछ ।

प्रकृतिमा सँधै सबैको सहयोगी बन्न सकिंदो रहेनछ । यी भावना र कथाहरु भन्दा प्रकृति र जीवन फरक रहेछ ।’

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo