धनगढी। क्लब चौलानीले आइसक्रीम पारखीका लागि क्रीम बेल आइसक्रीम ल्याएको छ । चौलानी ग्रुपले शनिवार क्लब चौलानीमा क्रीम बेल आइसक्रीमको बिक्रीवितरण सुरु गरेको हो ।
भारतीय उत्पादन रहेको क्रीमबेल आइसक्रीमहरु अब क्लब चौलानीमा विभिन्न स्वादमा पाइने क्लब चौलानीका संचालक तिलक साउदले जानकारी दिए। बटरस्कच, भेनेला, काजु किसमिस, ब्ल्याक करेन्ट, पिंक लभ लगायत विभिन्न स्वादमा आइसक्रीम उपलब्ध रहेको संचालक साउदको भनाई छ ।