KhabarUjyalo

एमाले तेस्रो धारका नेता ओलीप्रती आक्रोशित :१० बुँदे सहमति कार्यान्वयन नभएसम्म बैठक बहिष्कार

८ आश्विन २०७८, शुक्रबार
एमाले तेस्रो धारका नेता ओलीप्रती आक्रोशित :१० बुँदे सहमति कार्यान्वयन नभएसम्म बैठक बहिष्कार

काठमाडौं । एमाले एकतागर्न अघि बढाइएको १० बुँदे प्रस्ताव कार्यान्वयन नभएपछि एमालेको तेस्रो धारका १० नेतानिकटका केन्द्रीय सदस्यहरु आक्रोशित बनेका छन् । शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा उनीहरुले १० बुँदे सहमती अक्षरस पालना नगरिएसम्म बैठकमा नबस्ने चेतावनी दिएका हुन् ।

पार्टी एकता गर्न बनाइएको १० बुँदे प्रस्ताव ढिलाई भएको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । १० बुँदे सहमति कार्यान्वयन नगरी विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा निर्माण नभएसम्म बैठकमा नबस्ने उनीहरुको चेतावनी छ ।

चाँडोभन्दा चाँडो एकता प्रस्ताव कार्यान्वयनको ग्यारेन्टी र विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिबारे स्पस्ट धारण अघि बढाइनुपर्ने उनीहरुको माग छ । तेस्रो धारका नेताहरु झपट रावल, भानुभक्त जोशीलगायतले यस्तो दवाव दिइरहेका छन् ।

माधव नेपाललाई साथ नदिई एमालेमै रहेका तेस्रो धारका नेताहरुमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

उनीहरुलाई १० बुँदे सहमती अक्षरस पालना नभएसम्म बैठकमा अनुपस्थित हुन पनि केन्द्रिय सदस्यहरुको चेतावनी छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo