KhabarUjyalo

चितवनमा वादलको गर्जन- ‘प्रचण्डसँग चितवनमा भिड्न तयार छु’

८ आश्विन २०७८, शुक्रबार
चितवनमा वादलको गर्जन- ‘प्रचण्डसँग चितवनमा भिड्न तयार छु’

चितवन । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भिड्न तयार रहेको बताएका छन् ।

शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा आगामी निर्वाचनमा अध्यक्ष प्रचण्डसँग भिड्न तयार रहेको बताए ।

उनले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ । र, प्रचण्डसँग चितवनमा निर्वाचन लड्न तयार पनि छु ।’

चितवनवासी नै रहेका बादलले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) परिमार्जन गरेर मात्र स्वीकार गर्नुपर्ने पार्टीको धारणा रहेको पनि बताए ।

त्यस्तैगरी नेता थापाले प्रचण्ड पार्टीको सिद्धान्तबाट बिमुख भएको आरोप लगाएका थिए ।

प्रचण्डले नयाँ गुट बनाएर ‘प्रचण्ड’ दक्षिणपन्थी र लोकतन्त्रविरोधी पक्षमा लागेकोसमेत उनले आरोप लगाएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo