काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड १९ सम्मेलनलाई बिहीबार राति सम्बोधन गर्नुभएको छ ।
सम्बोधनमा देउवाले नेपालले नेपालले कोभिड नियन्त्रणमा गरेका प्रयासबारे विश्व समूदायलाई जानकारी दिनुभएको छ । उहाँले नेपालले सन् २०२२ अप्रिलसम्म लक्षित समूह (८० प्रतिशत)लाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताउँदै खोपको न्यायपूर्ण वितरण हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रधानमन्त्रीले नेपाललाई महामारीविरुद्ध लड्न अमेरिकाले गरेको सहयोगप्रति धन्यवाद दिनुभएको छ ।