KhabarUjyalo

‘महिनावारी राष्ट्रलाई किन भारी’ भन्दै आरतीको संयोजकमा नि:शुल्क सेनटरी प्याड अभियान !

८ आश्विन २०७८, शुक्रबार
‘महिनावारी राष्ट्रलाई किन भारी’ भन्दै आरतीको संयोजकमा नि:शुल्क सेनटरी प्याड अभियान !

काठमाडौ : युग वृद्ध नेपालले देशभर नि:शुल्क सेनटरी प्याड अभियान थालेको छ ।

सरकारले प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लगाएपछि युग वृद्ध नेपालले देशभर नि:शुल्क सेनटरी प्याड अभियान थालेको छ हो ।

‘स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, नि:शुल्क महिनावारी प्याड अभियान’ भन्दै देशभर नि:शुल्क सेनटरी प्याड अभियान थालेको अभियानकि संयोजक आरती रिजाल जानकारी दिइन् । महिनावारी राष्ट्रलाई किन भारी भन्दै उनले शब्द फरक छन् भावना एउटै छ सम्पूर्ण नारीहरुलाई सम्मान गर्दै अब नेपालमा नि:शुल्क परिवार नियोजन साधन मात्र नभई महिलाहरुका लागि नि:शुल्क रुपमा सेनटरी प्याड उपलब्ध नेपाल सरकारलाई आग्रह समेत गरेकी छन् ।

युग वृद्ध नेपालले संयोजक आरती रिजाल,सह-संयोजक दान सिंह धामी,सुदिप बाबु बस्नेत दिनेश कार्की सदस्य नारायण शर्मा, सुभम कर्ण, भोज राज भट्ट, हरि खड्का,खुश्वु साउँदले पहिलो पटक देशभर नि:शुल्क सेनिटरी प्याड अभियान अगाडी बढेका छन् ।

सरकारले प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट महिला तथा युवतीले खारेजीको माग गरेका छन् । आफूहरूको अत्यावश्यक सामानमा मूल्य बढाइएको भन्दै उनीहरूले आवाज उठाउदै आएका छन् भने युग वृद्ध नेपालले शुक्रबारदेखि देशभर नि:शुल्क सेनटरी प्याड अभियान अगाडि बढाएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo