११ आश्विन २०७८, सोमबार

महेन्द्रनगरमा झण्डै १० करोडको लगानीमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा !

१२ भाद्र २०७८, शनिबार
महेन्द्रनगरमा झण्डै १० करोडको लगानीमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा !

कन्चनपुर – महेन्द्रनगरमा करिब १० करोडको लगानीमा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याइएको छ। शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले महेन्द्रनगरको चम्मन चौराहमा डिपार्टमेन्टल स्टोर स्थापना गरेको हो। 

कञ्चनपुरमा पहिलो पटक सहकारीले स्थापना गरेको डिपार्टमेन्टल स्टोरको शनिवार बिहान एक कार्यक्रमकाबीच उद्घाटन गरिएको  छ। सहकारीका माध्यमबाट स्थानीयस्तरमा रोजगारी सृजना गर्ने उद्धेश्यले स्टोर स्थापना गरिएको शिव शिखर बहुद्देश्यीय सहकारी संस्था लिमिटेड सुदूरपश्चिमका प्रबन्धक हेमराज जोशीले बताए।

 ‘स्थानीयस्तरमा रोजगारी सृजना गर्नुका साथ साथै सहकारीलाई दरिलो बनाउनका लागि आफ्नै व्यापार सुरु गरेको छौँ,’ उनले भने, ‘यहाँका मानिसले रोजगारी पाएका छन् । यसबाट यो ठाउँको समग्र विकासमा पनि टेवा पुग्ने विश्वास लिएका छौँ।’ 

स्टोमार दैनिक उपभोग्यका सामान, कस्मेटिक, भाडाकुडा, लत्ताकपडा, इलेक्ट्रोनिक सामान लगायत सम्पूर्ण घरायसी प्रयोजनका सामान उपलव्ध हुने जोशीको भनाई छ। 

सुदूरपश्चिममा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरको यो दोस्रो शाखा हो । यस अघि डडेल्धुरामा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर स्थापना गरिएको थियो।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
33 Shares
Tweet
Share33
Share
Pin