११ आश्विन २०७८, सोमबार

धनगढीमा पदम रानाले संचालनमा ल्याए ‘पचढकी’ ब्राण्डको साबुन उद्योग !

५ भाद्र २०७८, शनिबार
धनगढीमा पदम रानाले संचालनमा ल्याए ‘पचढकी’ ब्राण्डको साबुन उद्योग !

धनगढी,५ भदौ ।  धनगढीमा पचढकी ब्राण्डको साबुन उद्योग संचालनमा आएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्वर १३ राजपुरमा पचढकी सोप ईण्डष्ट्रिज प्रालि नामक उद्योग गरिएको हो। उद्योगले विभिन्न आकारमा वासिङ पाउडर, लुगा धुने साबुन, नेचुरल नुहाउने साबुन, दिसवास बार, ह्याण्ड वास तथा स्याम्पु गरी ७ वटा उत्पादन बजारमा ल्याएको उद्योगका सञ्चालक पदम रानाले जानकारी गराए।

शनिबार उद्योगको एक कार्यक्रमकाबीच पूर्व वन तथा वातावरणमन्त्री नारदमुनि रानाले उद्घाटन गरेका हुन्  ।  सुदूरपश्चिम प्रदेशभित्र उत्पादनमुलक उद्योग स्थापना निकै न्यून रहेको अवस्थामा आफ्नो जन्मभूमि र आफ्नो पहिचान दिने गरी उद्योगको नाम नै पचढकी राख्नु आफैमा नयाँपन भएको संघीय सांसद रानाले बताए। 

प्रत्यक्ष र अप्रत्यक्ष गरी तत्काल २४ जना स्थानीयले रोजगारी पाउने गरी उद्योग स्थापना गरिएको उद्योग सञ्चालक रानाले जानकारी गराए । उद्योगबाट उत्पादित वस्तु सुदूरपश्चिममा मात्र नभएर नेपालभर विस्तार गर्न आधिकारीक डिलर राख्ने काम भइरहेको उनले बताए।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
143 Shares
Tweet
Share143
Share
Pin