११ आश्विन २०७८, सोमबार

अब एटिएमबाटै रकम जम्मा गर्न सकिने !

३ भाद्र २०७८, बिहीबार
अब एटिएमबाटै रकम जम्मा गर्न सकिने !

काठमाडौं : आफ्ना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले नबिल क्यास मेसिन जारी गरेको छ। आधुनिक बैंकिङ युगको शुरुवात गर्ने तर्फ केन्द्रित बैंकले रकम झिक्ने मात्र नभइ जम्मा गर्न मिल्ने सुविधा ल्याएको बताएको छ। 

यस प्रविधि बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ। अब ग्राहकहरुले मेशिनमा १ हजार, ५ सय र १ सय रुपैयाँ जम्मा गर्न सक्ने छन्। त्यस्तै एक पटकमा ९९ हजार ९ सय रुपैयाँ जम्मा गर्न सक्नेछन्।

साथै यस मार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा रकम जम्मा गर्न सकिने छ। यसबाट ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी गर्न पनि सकिने बैंकले जानकारी दिएको छ। देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको सञ्जाल मार्फत बैंकले सेवा प्रवाह गरिरकेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
10 Shares
Tweet
Share10
Share
Pin