११ आश्विन २०७८, सोमबार

व्यवसायबाट सुदूरपश्चिमका पर्यटकिय स्थलको ब्राण्ड प्रमोसन गर्दै पिताम्बर जोशी !

३१ श्रावण २०७८, आईतवार
व्यवसायबाट सुदूरपश्चिमका पर्यटकिय स्थलको ब्राण्ड प्रमोसन गर्दै पिताम्बर जोशी !

महेन्द्रनगर : कञ्चनपुर भिमदत्त नगरपालिका -४ का व्यवसायी पिताम्बर जोशीले छोटो समयमै व्यावसायीमा ठूलो छलाङ मारेका छन् । सामान्य रक्सीको व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरेका जोशी अहिले करोडौंको मालिक बनेका छन् । ग्वाल्लेक ग्रुपका मालिक रहेका जोशी ग्वालेक ग्रुप अन्तर्गत सात वटा कम्पनी रहेका छन् । जसमा उत्पादनमूलक तथा आयात निर्यात, व्यापारमूलक र सेवामूलक कम्पनीका रुपमा सन्चालन गरेका छन् ।

भारतको पिथौरागढमा स्नातक शिक्षा अध्ययन पुरा गरेका जोशीले अध्ययन सकेपछि जागिर भन्दा आफ्नै व्यवसाय गर्ने सोचले २०५७ सालमा दार्चुलामा टेन्डरको प्रक्रियाबाट रक्सीको पसल संचालन गरे । बुबाले गर्दै आएको कपडाको पसल भन्दा भिन्न व्यापार गर्दा सुरुमा परिवारलाई असहज र नयाँ ठाउँले गर्दा अप्ठ्यारो भयो । दुई बर्ष भए पनि बिस्तारै त्यही व्यवसायलाई निरन्तरता लगे । २०६१ सालमा जोशी महेन्द्रनगरमा झरे । उता दार्चुलामा कामदारलाई राखेर रक्सी पसललाई संचालन गरिरहे । भारतमा अध्ययन गर्दै गर्दा रक्सीको व्यवसाय देखेर उनमा नेपालमा पनि रक्सी व्यवसाय राम्रो रहेको बुझे पछि महेन्द्रनगरमा रक्सी सहित अन्य कम्पनीको डिष्ट्रीब्युटर भएर कामको सुरुवात गरे । धनगढी,डडेल्धुरा,बैतडी र दार्चुलामा रक्सिसहितको डिष्ट्रीब्युटरलाई बिस्तार गरे । ७ बर्ष डिष्ट्रीब्युटरको अनुभवबाट उनलाई सुदूरपश्चिममा रक्सी फ्याक्ट्री नभएको हुँदा सुदूरपश्चिममा रक्सीको फ्याक्ट्री खोल्ने सोच बनाए । २०६८ सालमा संखुवासभामा एक रक्सी कम्पनीको लाईसेन्स बिक्री गर्न लागेको थाहा पाएपछि उक्त कम्पनीको लाईसेन्स खरिद गरे । र, उनले सुदूरपश्चिममा चिसापानीको हाईवे लाईनमा रक्सी उद्योग खोल्ने योजना अनुसार जग्गा खोज्न थाले तर हाईवेमा जग्ग्गा पाएनन् जोशीले ।

कंचनपुरको बेलौरीमा जग्गा भाडामा लिएर ग्वाल्लेक ग्रुपको अमृत डिष्टिलरी प्रालीको रक्सी उद्योग सन्चालनमा ल्याए । भने स्नेहा सोप एण्ड केमीकल इन्ड्रस्टिज प्रालिले क्लिनियरका आइटम सर्फ,साबुन,ट्वाईलेट क्लिनर,सेनिटाइजर,फिनायल,हेन्डवास लगायत बस्तु उत्पादब गर्दै आएको छ । सुदूरपश्चिममा बाहिरबाट अर्बौको सर्फ,साबुन लगायत सरसफाइका बस्तु भित्रीदै आएकोमा उनले यस क्षेत्रमै सर्फ साबुनको उद्योग संचालन गरे गुणस्तरीय बस्तु दिन सकिन्छ भनेर ग्वाल्लेक ग्रुपका सरसफाइका प्रोडक्ट पनि बजारमा ल्याएका छन् । भने ग्वाल्लेक ग्रुपले नै गोपाल अगरबत्ती बजारमा ल्याएको छ । अहिलेसम्म ग्वाल्लेक ग्रुपमा झण्डै ३० करोड लागानी लागि सकेको ग्वाल्लेक ग्रुपका निर्देशक जोशीले बताए । देशभर ५३ वटा डिलर रहेकोमा अगामी आर्थिक वर्षमा एक सय १० वटा डिलर पुर्याउने लक्ष्य राखिएको छ। भने झण्डै पाँच सय पचास जनालाई रोजगारी दिएको छ । आगामी बर्ष एक हजारसम्मलाई रोजगारी दिने लक्ष्य राखेको छ। गत आर्थिक वर्षमा मात्रै १ सय ७० करोडको कारोबार गरिएको छ भने ५७ करोड ट्याक्स तथा ड्युटी तिरेको छ ।

ग्वाल्लेक ग्रुपले चाइना र नेपाली व्यवसायीलाई सहज गराउन चीनको जोनसोन ग्वाउनझीमा कार्यालय स्थापना गरेको छ । कार्यालय मार्फत कृषि, उत्पादन, उपकरण लगायत अन्य सामाग्री नेपालका व्यवसायीहरुसँग समन्वय गरेर सिधै खरिद गर्न सकिने छ । धेरै नेपाली व्यापारीले चाइनाका व्यापारीलाई सिधै सम्पर्क गर्न कठिन हुने र महँगोमा समान खरिद हुने भएकोले व्यवसायीलाई छिटो, सहजका लागि चाइनामा एजेन्टको कार्यालय खोलिएको ग्वाल्लेक ग्रुपका निर्देशक जोशीले बताए ।

ग्वाल्लेक ग्रुपले केही दिन अघि लिम्पिया ह्विस्की ब्राण्ड बजारमा ल्याएको छ । कम्पनीले ग्राहकहरुमा सुदूरपश्चिममा पनि यस्तो गुणस्तर बस्तु उत्पादन हुन्छ भनेर गुणस्तरीयमा ध्यान दिएको संचालक पिताम्बर जोशीले बताए ।
सुदूरपश्चिम प्रदेशमा कुनै ठुला उद्योग नभएका बेला रक्सीको उद्योग खोलेर जोशीले सुदूरपश्चिममा पनि रक्सी उत्पादन हुन्छ भन्ने मनमानसमा राख्न सफल भए । जोशीले ग्वाल्लेक ग्रुपले नेपाली भुमी लिम्पियाधुराको पहिचान दिएर लिम्पिया ह्विस्की ब्राण्ड बजारमा ल्याएका छन् । अझै ग्वाल्लेक ग्रुपको प्रोडक्टबाट सुदूरपश्चिम प्रदेशमा ओझेल परेका पर्यटक स्थलको प्रवर्द्धन गर्ने तयारीमा रहेका छन् । जोशी कञ्चनपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

कम्पनिले रक्सीको ब्राण्ड बिस्तार मात्रै नभई सुदूरपश्चिममा पर्यटक, सुदूरपश्चिम प्रदेशमा रहेको सम्भावनालाई रक्सी ब्राण्डबाट प्रवर्द्धन गर्ने उदेश्यले दार्चुलामा रहेको भुमी लिम्पियाको नाम राखेर लिम्पिया ह्विस्की ब्राण्ड बजारमा ल्याएको ग्वाल्लेक ग्रुपका निर्देशक जोशीले बताए । कम्पनीलाई अन्तरास्ट्रिय कम्पनीको रुपमा विस्तार गर्ने लक्ष्य रहेको पनि बताए । “सुदूरपश्चिमकै भुमी लिम्पीयाको नाम र ऐतिहासिक पहिचानलाई व्यवसायीक रुपमा मात्रै नभएर देश निर्माण तथा नेपालको पहिचानलाई आत्मसात गर्ने कम्पनीको उदेश्य रहेको छ” उनले भने ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
627 Shares
Tweet
Share627
Share
Pin