KhabarUjyalo

प्रेम एक अध्ययन !

२४ श्रावण २०७८, आईतवार
प्रेम एक अध्ययन !

प्रेम जान्नु भन्दा पहिले अहिलेको प्रेम वास्तविक छ जस्तो लाग्छ र तपाईंलाई ? प्रेम त्यो हैन तपाईं सोच्दै हुनुहुन्छ प्रेम यस्तो आभास हो जसले तपाईं जता भए पनि नजिक भएको भान हुन्छ । प्रेम लाई आ आफ्नै तरिकाले परिभाषित गरिएको पाइन्छ । कसैले प्रेममा सबै कुरा जायज हुन्छ नचाहिने केही हुँदैन भनेर भनेका छन् । प्रेम लाई भ्रम भनेर पनि परिभाषित विभिन्न दर्शन मा पनि पाउन सकिन्छ । प्रेमको जोडी केबल दुई खुट्टे मा मात्र हुने हुन्छ । अपवाद का रूपमा चार पनि हुनसक्छ । अहिलेको प्रेम शारीरिक सम्बन्ध र पैंसा प्रति भएको पहिन्छ । प्रेम एक देखावटी बन्दै गएको पाइन्छ । प्रेम आफैमा गलत हैन तर गलत तरिकाले यसलाई व्याख्या र विश्लेषण गरिँदै छ अहिलेको आधुनिक युवा पुस्ता जसले इतिहास बिर्सदै प्रेम अनौठो हुँदै गएको पाहिन्छ । प्रेम त्याग हो जसमा प्रेम गर्नेले गरिरहनु पर्दछ कुनै अपेक्षा र उपेक्षा राख्नु हुँदैन मान्यता पनि राख्ने गरिन्छ । प्रेम हुने तीन अवस्था हुन्छ विवाह भन्दा पहिले, विवाह भइसकेपछि र सन्तान जन्मिसकेपछि हुने रहेछ । पश्चिममा प्रेममा रोमियो र जुलेट लाई विशेष रूपमा हेर्ने गरिन्छ । कसैले मुनामदन , ढुकुरको जोडी बनाउन खोज्छन् । अहिले सम्म कति सफल भए प्रेम गर्ने भनौ वा माया गर्ने ती जोडी लाई कतिले नचिनेका पनि हुन सक्छन् । पहिलेको प्रेम विवाह पश्चात अन्जान बाट चिनजान तर्फ हुन्थ्यो भने अहिले चिनजान बाट अन्जान तर्फ भएको पाहिन्छ । प्रेमको लागि तिरो तिर्ने धेरै छन्, गुमाउने अझ धेरै र त्यसलाई बुझ्न नसक्ने झन् धेरै हुन्छन किनकि अहिलेको प्रेम चिनजान बाट भएर अन्जानमा टुंगिन्छ । प्रेम जसलाई जति खेर पनि हुन सक्छ । अनुहार हेरेर , भौतिक सम्पत्तिलाई, शरीरको आकार प्रकार बाट अहिलेको प्रेम सबल भएको पाहिन्छ । अलि बाठो ले कुनै व्यक्तिलाई राम्रो सँग चिनेर मात्र प्रेम गर्छ भने सोझो त सोझै गर्न सक्छ । प्रेम त एक प्रकारको आभास हो जसले दुवैलाई तान्ने गर्छ । विकर्षण भएको कुरालाई प्रेम भनिँदैन ।

प्रेममा पनि क्रिम पाउडर लागेको छ अहिले जता गयो त्यतै देखावटी मात्र देखिन्छ । प्रेम सिसा झै भएको छ छिनमै टुट्ने , गाँसिन खोज्छन् तर जोडिदैन । झुठो खाएर होस्, घुम्न लगेर किन नहोस् यस्तैलाई प्रेम भन्ने होड बाजी चलेको छ । कुनै समय दण्ड पनि प्रेम हुन जान्छ । पहिले प्रेम पत्र चल्थ्यो भने अहिले आधुनिक लव लेटर आएको छ । सामाजिक सञ्जाल देखि बाटो मा हिँड्दा जो राम्रो देखिन्छ अन्जान लाई पनि एकतर्फी प्रेमको संज्ञा नव। तन्नेरी दिन्छन् । अहिलेको आधुनिक समाजले प्रेम सफल भयो भनेर कहिले भन्दा पनि भन्दैन सुनिदा पनि सुनिँदैन । प्रेम कसैका लागि बाधा र कसैलाई बाध्यता पनि हुन पुगेको देखिन्छ । प्रेम नभएकै कारण वैवाहिक यात्रा बाधा आउने तर्क अगाडि आउँछ । प्रेम सर्तमा आधारित हुने हुन्छ । सर्त बिनाको प्रेम आगाडि बढ्न सक्दैन । सर्त सँगै लगाव अझ बढी हुनुपर्ने रहेछ । फरक फरक विचार भएका कसैको विचार काटिने र कसैको अगी बढ्ने हुन्छ । प्रेम फूल भनेको छ कति खेर ओइलिन्छ थाह नै हुँदैन । प्रेमको तह अधिक भयो भने मानसिक तनाब उत्पन्न हुने हुन्छ । प्रायः प्रेमको आगो मा पितृ सत्ता समाज ले पहिले पुरुष बढी होमिएको पाहिन्छ । प्रेमलाई त्याग पनि अनुराग बुझ्न सकिन्छ । प्रेममा आवश्यक कुरा भन्दा बढी अनावश्यक कुरा हुने हुन्छ । प्रेम रोजगार जस्तै भएको देखिन्छ सफल भयो भने पायो असफल भयो गुमायो । पहिलो प्रेम हुने मान्छे एकदमै भाग्यमानी हुन्छ । त्यस्तो मान्छे भेटिन पनि गार्हो हुन्छ । एउटा फिल्मको संवादमा भनिएको छ साँचो मनले कसैलाई माया गर्यो भने दुई मिनट प्रेम पनि शुभ हुन्छ । प्रेमको शत्रु समय हो पूर्ण हुन दिँदैन । अपूर्ण नै प्रेम हुने हुन्छ । प्रेमको व्यक्ति अनुसार आफ्नैे व्याख्या पाइन्छ । कसैेले सकारात्मक रुपले लिने गर्छ भने धोका पाउने निश्चय नै नकारात्मक व्याख्या गर्दछ । कृष्ण र राधाको प्रेममा त्याग, विछोड,मनोरञ्जन सबै भएको पाइन्छ । तसर्थ प्रेमको परिभााषा कति सम्म गर्ने कसैले व्याख्यान गर्न सक्दैन । अतः सवै वस्तुमा प्रेम पक्कै हुने हुन्छ तर त्यसलाई कसरी चिन्ने केही समय लाग्न सक्छ ।

बेद प्रकाश उपाध्याय, धनगढी

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo