KhabarUjyalo

एसईई परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

२३ श्रावण २०७८, शनिबार
एसईई परीक्षाको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं- २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा प्रकाशित गरेको हो। 

कोरोना महामारीका कारण एसईई परीक्षा सञ्चालन हुन सकेको थिएन। बोर्डले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गरेको हो। 

नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने बोर्डले जनाएको छ। आफ्नो सिम्बोल नम्बर १६०० मा एसएमएस गरेर गरी नतिजा प्राप्त गर्न सकिने जनाएको छ।

यस्तै www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको नतिजा हेर्न सकिनेछ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo