सुन्दा अचम्म लाग्न सक्ला, १४ वर्षको उमेरमा प्रोफेसर । तर, यस्तै भएको छ । लीसेस्टर विश्वविद्यालयमा एक १४ वर्षीय मुस्लिम किशोर गणित विषयका प्रोफेसर बनेका छन् । याशा एस्लेलाई लीसेस्टर विश्वविद्यालयले अतिथि शिक्षकको रुपमा चयन गरेको हो ।
रिपोर्टको अनुसार लीसेस्टर विश्वविद्यालयमा विद्यार्थीहरुलाई पढाएपछि सोही विश्वविद्यालयले आफ्नो डिग्री पढिरहेका र उनलाई सबैभन्दा कम उमेरको छात्र र विश्वैमा सबैभन्दा कम उमेरका प्रोफेसरको रुपमा उपनाम दिइएको हो ।
यास्लाले गर्वका साथ भनेका छन्,‘यो वर्ष मेरो जीवनको सबैभन्दा राम्रो वर्ष हो । मलाई यो जागिर मिल्नाले अरु विद्यार्थीहरुलाई सहयोग गर्न अवसर मिल्नेछ ।’
सन् २०१४ मा उनी राज्य प्राथमिक विद्यालय गएका थिए । हाल उनी डिग्रीको अन्तिम वर्षमा रहेका छन् । डिग्रीसकेपछि उनी पिएचडीको तयारीमा जुट्ने बताएका छन् । उनको परिवारले उनलाई मानव क्याल्कुलेटर भन्ने गर्छन् । उनीसँग गणितको अविश्वशनिय ज्ञान भएका कारण उनलाई मानव क्याल्कुलेटर भनिएको हो । एजेन्सी