आजकाल हरेक आमा-बुवा, हजुरबुवा-हजुरआमाको बच्चाप्रति एउटै गुनासो छ कि बच्चाको हातमा मोबाइल भएपछि उनीहरुले कसैले भनेको पनि सुन्दैनन् ।
कम्प्युटर, टिभी र भिडियो गेमले पनि बच्चालाई परिवारसँग टाढा राखिरहेको छ। त्यसैले बच्चालाई हरेक दिन केही घण्टा यी कुराबाट अलग राख्न आवश्यक छ ।
अर्थात्, समय समयामा अभिभावकले नै बच्चा बनेर उनीहरुको साथमा हुनुहोस्। आफ्नो बच्चालाई आफूसँग समय बिताउन लागि प्रेरित गर्नुहोस्। यसका लागि तपाईंले ८ कुरामा ध्यान राख्नुहोस्।
गाली नगर्नुहोस्ः मोबाइल र कम्प्युटरको प्रयोग गरिरहेका बच्चालाई हरेक कुरामा गाली खाएको मन पर्दैन। यस्तोमा उनीहरुको रुटिनको एउटा टाइमटेबल बनाउनुहोस्। यसमा कडा नियममात्रै होइन उनीहरुको इच्छालाई पनि ध्यान राख्नुहोस्।
सम्भव भएसम्म केही समयका लागि तपाईं पनि उनीहरुसँग मोबाइल वा कम्प्युटरमा गेम खेल्नुहोस् । यो गर्दा उनीहरुलाई पनि राम्रो महसुस हुनेछ।
कहानी सुनाउनुहोस्ः हामी बच्चालाई मोबाइलमा गेम वा कहानी लगाइदिएर हेर्न दिन्छौं । यसो गर्दा यो उनीहरुको रुटिनको हिस्सा बन्न थाल्छ । यसको एउटा विकल्प यो हो कि तपाईं आफ्नो बाल्यकालका रोचक कहानी सुनाउनुहोस् ।
चाहे त्यो खेलकुदसँग जोडिएको होस् वा शिक्षात्मक होस् । तपाईंले यसो गर्नुभयो भने तपाईं उनीहरुसँग जोडिन सहज पनि हुनेछ र एक भावनात्मक सम्बन्ध पनि विकसित हुनेछ।
तालिका अपनाउनुहोस्ः तपाईं आफ्नो एउटा तालिका स्थापित गर्नुहोस् र त्यसलाई फलो गर्ने कोसिस गर्नुहोस् । बच्चाको अगाडि तपाईं पनि मोबाइलको प्रयोग कमै गर्नुहोस् । यसो गर्दा बच्चा पनि प्रभावित हुनेछ र उनीहरुमा राम्रो बानीको विकास हुनेछ।
साथै उनीहरु एक उत्कृष्ट जीवनशैली अपनाउन प्रेरित हुन्छन् किनभने बच्चाहरु आफ्नो वरिपरिको माहौलबाट नै सिक्छन् । घरको वातावरण तपाईंले नै स्वस्थ राख्नुहोस्।
कुटेर होइन, प्रेमले गाली गर्नुहोस्ः सानो तिनो गल्ती गर्दा हल्का फुल्का सजाय दिनसक्नुहुन्छ । बच्चामाथि कडा व्यवहार गर्दा उनीहरुको मानसिकतामा नकारात्मक असर पर्न सक्छ । यस्तोमा गाली गर्ने तपाईंको तरिकाले बच्चाले केही सिकून् र सजाय पनि पूरा होस् ।
हल्का–फुल्का काम अह्राउनुहोस्ः बच्चामा काम गर्ने बानी विकसित गर्नका लागि उनीहरुलाई पाँच वर्षको उमेरदेखि नै हल्का फुल्का र रोचक काम दिन सुरु गर्नुहोस्। जस्तै, उनीहरुलाई खेलौनालाई सही स्थानमा राख्न सिकाउनुहोस् । आफूले पनि सानोतिनो काममा उनीहरुको मद्दत लिनुहोस् ।
बिस्तारै उनीहरुलाई आफ्नो स्कूलको ब्याग प्याक गर्नेलगायतका काम पनि दिनुहोस् । खाना खाएपछि प्लेट उठाउन पनि भन्नुहोस् । यस्तोमा उनीहरुलाई आफ्नो काम आफैं गर्ने इच्छा पैदा हुन्छ भने उनीहरुले पछि गएर सफलता पनि पाउनेछन् ।
खाना खाने बेलामा ग्याजेटबाट बच्नुहोस्ः दिनमा कम्तीमा एकपटक बच्चासँग बसेर खाना खानुहोस् । यसो गर्दा बच्चाले परिवारको महत्व बुझ्नेछन्। यतिबेला आफूले पनि मोबाइल प्रयोग नगर्नुहोस्।
बच्चाले पनि तपाईंको यस्तो बानीबाट केही सिक्छन् । यस्तै हाँसो ठट्टाको वातावरण पनि सकारात्मक राख्नुहोस्। उनीहरुले के मनपर्छ, के मन पर्दैन, यसको कारण जान्ने कोसिस गर्नुहोस् । आफ्नो व्यवहारमा उनीहरुप्रति आफ्नोपन जताउनुहोस्।
बच्चालाई खुसीले भरिएको माहौल दिनुहोस्ः घरमा यदि तनाव छ भने बच्चा मानसिक रोगको शिकार हुने गर्छन् । बच्चालाई घरमा शान्तिपूर्ण र खुसीले भरिएको माहौल दिनुहोस्। उनीहरुको अगाडि पार्टनर झगडा नगरुन् ।
अपशब्दको प्रयोग पनि नगर्नुहोस् । बच्चालाई तनावको माहौलबाट बचाउनका लागि पार्क लिएर जानुहोस्। उनीहरुसँग घुम्न जानुहोस् । उनीहरुलाई मोबाइल दिनुको साटो उनीहरुसँग टिभीमा केही राम्रो फिल्म हेर्नुहोस् ।
बच्चालाई नजरअन्दाज नगर्नुहोस्ः बच्चा असाध्यै जिज्ञासु हुन्छन् । उनीहरुले सोधेका हरेक प्रश्नको जवाफ दिने पूरा कोसिस गर्नुहोस्। उनीहरुलाई नजरअन्दाज नगर्नुहोस् । यस्तोमा उनीहरु नराम्रो बानीको संगतमा पर्न सक्छन् ।
उनको साथीहरुसँगको झगडा, उनीहरुको आधारहीन विचार र सपनालाई निकै ध्यान दिनुहोस् । यसो गर्दा उनीहरुलाई आफ्नोपन महसुस हुनुका साथै उनीहरु खुसी पनि हुन्छन् र व्यवहार बारे जान्ने मौका पनि पाउनेछन् ।