KhabarUjyalo

सुदूरपश्चिममा शुक्रबार ७३ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

२२ श्रावण २०७८, शुक्रबार
सुदूरपश्चिममा शुक्रबार ७३ जनामा कोरोना संक्रमण,२ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिममा कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका वडा नम्बर ३ की ६५ बर्षिया एक महिला र डोटीकै दीपायल सिलगढी नगरपालिका १ का ३३ बर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

यो सँगै प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ । यस्तै शुक्रबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  प्रदेशमा ८ सय ९३ जनाको नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पुष्टि भएको हो।  यस्तै प्रदेशभर कोरोना २२ जना  निको भएर घर फर्किएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo