KhabarUjyalo

कांग्रेसले हामी बिपीका अनुयायी हौं भन्न सुहाउँदैन: कोमल वली

२२ श्रावण २०७८, शुक्रबार
कांग्रेसले हामी बिपीका अनुयायी हौं भन्न सुहाउँदैन: कोमल वली

काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेपाली कांग्रेस राजनीतिक पक्षधरता र जनताका आवश्यकता पुर्तिका सन्दर्भमा क्षीण हुँदै गएको टिप्पणी गरेकी छिन् ।

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा उनले अहिलेको कांग्रेस र तिनका नेताहरू बिपी कोइरालाको अनुयायी भन्न नसुहाउने तर्क गरेकी हुन् । 

महाकाली नदीमा भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली नागरिक नदीमा बेपत्ता भएको अवस्थामा सत्तासाझेदारमध्येको सबैभन्दा ठूलो दल मौन बसेर कांग्रेसले बिपीको नाम लिने नैतिकता गुमाएको उनको भनाइ  छ ।

साथै केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीलगायतका निर्णय गरेर कांग्रेस जनताबाट टाढा हुँदै गएको र उसले गर्दै आएको राजनीतिक पक्षधरतामा पनि अस्पष्ट हुँदै गएको जिकिर गरिन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo