काठमाडौं । सरकारले स्वास्थ्य राज्यमन्त्रीमा अयोग्य व्यक्तिलाई नियुक्त गरेको ठहर गर्दै उनलाई तत्काल हटाउन माग गर्दै डा.गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन् । स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा। केसीले सरकारसमक्ष विभिन्न पाँच बुँदे मागहरु राख्दै यस्तो घोषणा गरेका हुन् ।
मागको मुख्य बुँदामा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने रहेको छ । सरकारले सबै मागहरु पूरा नगरे आउने ३ भदौदेखि सत्याग्रह सुरु गर्ने केसीले घोषणा गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले १० साउनमा श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेको थियो । जसको चौतर्फी आलोचना भएपछि प्रभानमन्त्री देउवाले १३ साउनमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताको छलफलमा श्रेष्ठको नियुक्तिप्रति आफूले गल्ती महसुस गरेको बताएका थिए । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा. केसीले तत्काल पदमुक्त गर्नुपर्ने बताएका छन् ।