KhabarUjyalo

सरकारले गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत् दिने : ऊर्जामन्त्री भुसाल

२१ श्रावण २०७८, बिहीबार
सरकारले गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत् दिने : ऊर्जामन्त्री भुसाल


काठमाडौँ, २१ साउन: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत् उपयोग गर्न दिइने घोषणा गरेकी छिन् । आज (बिहीबार) मन्त्रालयमा छलफलको क्रममा मन्त्री भुसालले आफूले गरिबीको रेखामुनि रहेका नागरिकलाई नि:शुल्क विद्युत् उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताएकि छिन् ।

उनले भनिन्, ‘गरिबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरूलाई राहत दिनुपर्छ भनेर नि:शुल्क विद्युत् दिने गरेर एउटा तयारी मैले गरिरहेकी छु । करिब–करिब हामी त्यसको निष्कर्षमा पुग्दै छौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यद्वारा त्यसको तयारी गरेकी छु मैले ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo