११ आश्विन २०७८, सोमबार

धनगढी उपमहानगरपालिकामै बाघको आतंक !

२१ श्रावण २०७८, बिहीबार
धनगढी उपमहानगरपालिकामै बाघको आतंक !

धनगढी,२१ साउन । केही दिन यता धनगढी उपमहानगरपालिकाको एक वडामा बाघले आतङ्क मच्चाउँदै आइरहेको स्थानीयहरूले बताएका छन् ।  धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बोराडांडीमा रहेको डिलाशैनी सामुदायिक वनको छेउछाउका टोलमा बाघले आतङ्क मच्चाउँदै आएको जनाएको छ ।   बाघले रातीको समयमा किसानले पालेका जनावरहरू समेत खाइदिने गरेको छ ।

विगतका वर्षहरूमा नील गाई ,बँदेलले सताउने भए पनि अहिले बाघले सताउन थाले पछि स्थानीय थप त्रसित बनेका छन् ।वनको छेउछाउमा बस्ती भएकाले अधिकांश महिलाहरू कृषि र पशुपालन गर्ने गरेका छन् । आर्थिक स्थिती कमजोर भएकाले पनि बाख्रा पालेर घर खर्च जुटाउने उनीहरू बाघले आफ्ना बस्तुभाउ खाइदिँदा चिन्तित बनेका हुन ।

जङ्गल क्षेउमा घर र त्यस माथि गाई वस्तुहरू पालेर गुजरा चलाउने स्थानीय बासिन्दाहरू कहिले स्यालले वस्तु भाउलाई मार्ने र कहिले बाघले नै वस्तुभाव खाएपछि निकै चिन्तित बनेका छन् ।  रातीको समयमा शौच गर्न आउनुपर्ने बाध्यता भएकाले बाहिर आउँदा कुन दिन बाघको सिकार भइने चिन्ता रहेको त्यस टोलकी नन्ता धानुकको बताइन् ।बाख्रा पालेर गुजारा गर्ने गरेको बताउँदै  भएको रोजगारीको पाटो पनि बाघले खाइदिँदा अन्योलमा परेका उनको भनाई छ ।

सामुदायिक वनमा उचित तारबारको व्यवस्था नहुँदा बनबाट बाघ रातीको समयमा मानिसको घरमा आउने हुँदा बस्तुभाउ सङ्कटमा परेको अर्का स्थानीय कौशिला धानुकले बताइन् ।  नोक्सानी धेरै भईसक्दा पनि अहिले सम्म वन समितिले सम्बन्धित निकाय समक्ष पहल नगरेको उनले दुखेको पोखिन् ।

बाघ नियन्त्रण नहुँदा सम्म वनभित्र कसैले पनि प्रवेश नगर्न र रातीको समयमा बाहिर ननिस्कन आफ्नो आग्रह गरेको डिलाशैनी उपभोक्ता सामुदायिक वन समितिका अध्यक्ष दान बहादुर विष्टले बताए । सम्बन्धित निकायलाई खबर गर्दा पनि कसैले नहेरेको उनले बताए ।

यता धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बल बहादुर ऐरलेले भने आफूले सो विषयमा स्थानीयहरू सँग बुझेर तार जाली वा अन्य कसरी समस्याको टुङ्गो लगाउन सकिन्छ भन्ने विषयमा पहल गर्ने बताए । यो भन्दा पहिले पनि आफ्नो वडामा जङ्गली जनावरले दु:ख दिने गरेको भए पनि नगरपालिकामा तार जालीको लागि आग्रह गर्दा पनि नगरपालिकाले पहल नगर्दा यस्तो समस्या देखिएको अध्यक्ष ऐरले बताए । पश्चिम टुडेबाट

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
10 Shares
Tweet
Share10
Share
Pin