११ आश्विन २०७८, सोमबार

जाजरकोटमा दाम्लोले बाँधेर युवकलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

२१ श्रावण २०७८, बिहीबार
जाजरकोटमा दाम्लोले बाँधेर युवकलाई कुटपिट गर्ने वडाध्यक्ष पक्राउ

काठमाण्डाै – दाम्लोले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो। 

उनलाई सदरमुकाम खलङ्गा झिकाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । ग्रामीण सडक भत्किएकाले पैदल नै सदरमुकाम ल्याइने जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाले बताउनुभयो । 

घटनास्थल सदरमुकाम खलङ्गाबाट दुई दिनको पैदल दूरीमा पर्दछ । गएको १५ गते भत्ता वितरणका क्रममा विवाद हुँदा वडा अध्यक्ष नेपालीले सर्पे दमाईलाई कुटपिट गरेका थिए । उनले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बल्ल उनलाई सदरमुकाम झिकाइएको हो । यसअघि उनले पीडितलाई आउँदाे दिनमा यस्तो गल्ती नगर्ने भन्दै कागज गराएर मिलापत्र गराएका थिए ।  वडाअध्यक्ष नेपालीलाई कानुनअनुसार कारबाही हुने जाजरकोट प्रहरीले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिप्रसाद देवकोटाका अनुसार पीडित पक्षलाई पनि सदरमुकाम बोलाइएको छ । पीडितले वडाअध्यक्षमाथि अहिलेसम्म उजुरी दिएका छैनन् । तर, स्थलगत मुचुल्का र प्रमाणका आधारमा अनुसन्धानलाई अगाडि बढाउने प्रहरीले जनाएको छ। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
9 Shares
Tweet
Share9
Share
Pin