KhabarUjyalo

‘केपी ओलीको चुनाव चिह्न बयलगाढा,पार्टी नेकपा(ओली)’

२१ श्रावण २०७८, बिहीबार
‘केपी ओलीको चुनाव चिह्न बयलगाढा,पार्टी नेकपा(ओली)’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ ।काठमाडौंमा बस्न लागेको बैठकमा एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको तयारी पनि गर्नुपर्नेसम्मका छलफल हुने केन्द्रीय सदस्यहरुले जनाएका छन् ।

नेपाल समूहमा रहेका एक नेता मेटमणि चौधरीले केपी शर्मा ओलीले नयाँ पार्टी गठनको लागि बाध्य पारेमा त्यसतर्फ अघि बढ्नेगरी छलफल गरिने जानकारी गराए ।

“एमालेलाई एक हुन नदिए नयाँ पार्टी गठनको बारेमा छलफल गर्नुपर्छ,” उनले भने, “एमालेलाई एक गराउने र ओलीलाई अध्यक्ष बनाइरहने कुरा अब सम्भव हुँदैन ।  ओली अबको चुनावमा बयलगाढा चिह्न लिएर चुनाव लड्छन्, पार्टीको नाम नेकपा (केपी ओली) राख्छन् ।”

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo