११ आश्विन २०७८, सोमबार

श्रीमती गर्भवती भए श्रीमानले यसरी स्याहार सुसार गर्नु होस्

२१ श्रावण २०७८, बिहीबार
श्रीमती गर्भवती भए श्रीमानले यसरी स्याहार सुसार गर्नु होस्

जब गर्भमा बच्चा रहन्छ, तब गर्भवती शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुनुपर्छ । यसले गर्भको बच्चामा सोझो प्रभाव पार्छ । यदि आफ्नो बच्चाको मानसिक र शारीरिक विकास समुचित ढंगले होस् भन्ने चाहनुहुन्छ भने, गर्भवतीको ख्याल राख्नैपर्छ । गर्भवतीलाई प्रफुल्ल तुल्याउनुपर्छ । उनीहरु सकारात्मक, खुसी, सुखी भए गर्भको बच्चामा त्यसको प्रभाव पर्छ । यद्यपी गर्भवती आफुले मात्र चाहेर सबै कुराको ख्याल राख्न सक्दैनन् । त्यसका लागि सबैभन्दा ठूलो सहयोगीको रुपमा पतिले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । पतिले त्यस्ता कुनैपनि काम गर्नु हुँदैन, जसले गर्भवती पत्नीमा चिन्ता थप्छ ।

१. सहायक बन्नुहोस् : गर्भावस्थामा महिलामा हुने समस्या, कमजोरी आदिलाई पतिले पनि अनुभूत गर्न सक्नुपर्छ । गर्भवती पत्नी के कस्ता चुनौतीसँग जुधिरहेका छन् भन्ने कुरा मनन गरेर त्यही अनुसार सहयोगी व्यवहार गर्नुपर्छ । पत्नीको आत्माविश्वास बढाउने, खुसी राख्ने कुरामा पतिले भूमिका खेल्नुपर्छ । गाह्रो हुने घरायसी काममा पनि पत्नीलाई सघाउनुपर्छ । त्यस्ता कुनैपनि काम गर्न दिनुहुन्न, जो पत्नीले गर्न चाहदैनन् वा सक्दैनन् ।

२. बद्लिदो दिनचर्यालाई बुझौं : गर्भधारणपछि महिलाको काम गर्ने क्षमता कम हुन्छ, जो बच्चालाई जन्म दिइसकेको केहि दिनसम्म कायम रहन्छ । यस स्थितीमा घरको रुटिन नियमित नहुन सक्छ । पत्नीको अभावमा हुने कतिपय काममा पति अग्रसर हुनुपर्छ ।

३. सजगता अपनाउने : गर्भवती पत्नीलाई चिकित्सकहाँ पुर्‍याउने, सहि खानपान दिने, सहज पहिरन छनौट गरिदिने जस्ता कुरामा पतिले ख्याल राख्नैपर्छ । यसबेला तपाईले पत्नीको सामुन्ने राम्रो कुरा मात्र गर्नुहोस् । उसलाई राम्रो कुरा मात्र सुनाउनुहोस् । राम्रो काम मात्र देखाउनुहोस् । पत्नीको आसपास रहनुहोस्, ताकि उनले आफुलाई एक्लो र असुरक्षित महसुष नगरोस् । योग गराउनुहोस्, मर्निङ वाकमा लिएर जानुहोस् ।

५. सुन्दर हुनुको महसुष गराउनुहोस् : गर्भधारणपछि खानपानको कारण अक्सर पत्नी मोटी हुन्छन् । शरीर भद्दा देखिन्छ । यस्तो कुराले कति पत्नीलाई चिन्ता पनि हुन्छ । खासगरी सौन्दर्यप्रति सचेत महिलाहरु गर्भावस्था र त्यसपछि हुने शारीरिक परिवर्तनलाई स्विकार्न रुचाउँदैनन् । यद्यपी त्यस्ता कुराले उनीहरुलाई चिन्तित तुल्याउनु हुँदैन । नियमित व्यायाम र सन्तुलित दिनचर्याले आफ्नो शारीरिक बनौट पुरानै रुपमा फर्काउन सकिन्छ भन्ने कुरा बुझाउनु पर्छ ।

६. प्रसव पूर्व कक्षाको जरुरी : प्रसवको समयमा हुने के कस्ता अवस्था आउँछ भन्ने कुराको जानकारी पत्नीलाई हुनुपर्छ । कसरी प्रसवलाई सहज र कम पीडादायक बनाउने भन्ने कुरामा पनि पतीले आवश्यक जानकारी दिलाउनु पर्छ । ७. समझदारीताका साथ काम गरौ : जब पत्नी गर्भवती हुन्छ भने घरमा कुनै पार्टी, भोज आदि नगरौ । यस्ता कामले उनीहरुलाई झर्को लाग्न सक्छ र बोझिलो पनि ।

८. अनावश्यक परिवर्तनप्रति चनाखो रहने : गर्भावस्थामा विभिन्न किसिमको परिवर्तन हुन्छन् । त्यसमध्ये केहि स्वभाविक हुन्छन्, भने केहि अस्वभाविक । पत्नीमा कुनै अस्वभाविक परिवर्तन आइरहेको छ भने त्यसप्रति चनाखो हुनैपर्छ, ताकि गर्भवती पत्नी र गर्भको बच्चालाई नराम्रो असर नपरोस् । ९. घरलाई सजाउनुहोस् : जब पत्नी गर्भवती हुन्छे, घरको आन्तरिक सज्जामा पनि थोरै परिवर्तन गर्नुहोस् । घरलाई कुल र शान्त देखिने सजावट गर्नुहोस् । प्राकृतिक सुगन्धित फूलहरु सजाउनुहोस् । घरको पर्दा, बेड कभर सफा र आकर्षक राख्नुहोस् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo
9 Shares
Tweet
Share9
Share
Pin