KhabarUjyalo

बैतडीमा करेन्ट लागेर दाईभाईको ज्यान गयो

२१ श्रावण २०७८, बिहीबार
बैतडीमा करेन्ट लागेर दाईभाईको ज्यान गयो

बैतडी –बैतडीमा करेन्ट लागेर एकैघरका दुईजनाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ बर्षीय सन्तोष चन्द र १८ बर्षीय अमृत चन्दको करेन्ट लागेर मृत्यु भएको रौलेश्वर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक निरीक्षक भानबहादुर चन्दले जानकारी दिए । 

बुधबार राती सवा ९ बजेतिर दुवै जनालाई करेन्ट लागेको बताइएको छ । उनीहरुलाई कसरी करेन्ट लाग्यो भन्ने कुरा एकीन नभएको उनले बताए । मृतक दुवैजना सहोदर दाजुभाई हुन् । घटनाका बिषयमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट टोली खटाइएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo