KhabarUjyalo

एमालेका नेता–कार्यकर्ताले घरभित्रै पसेर दलितमाथि गरे कुटपिट

२० श्रावण २०७८, बुधबार
एमालेका नेता–कार्यकर्ताले घरभित्रै पसेर दलितमाथि गरे कुटपिट

नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताले दलित समुदायको घरभित्रै पसेर निर्घात कुटपिट गरेको छ । धनुषाका एक दलित परिवारलाई एमाले नेता योगकुमार यादवका आफन्त तथा उनको समूहले कुटपिट गरेको पीडित पक्षको भनाइ छ ।

कुटपिटबाट धनुषाधाम नगरपालिका–४ का श्रीचन महरा, हिरादेवी महरा, ओपिन महरा, उर्मिला महरा लगायत घाइते भएका छन् । घाइतेहरूलाई स्थानीय स्वास्थ्य संस्थामा लगेर उपचार गरिएको छ ।

घाइते श्रीचन महराका अनुसार धनुषाधाम नगरपालिकामा एमालेबाट मेयरका प्रत्यासी यादवका आफन्तहरु सञ्जय यादव, कृष्णा यादव, विजय यादव, धनेश यादव लगायतले घरभित्रै पसेर कुटपिट गरेको बताएका छन् । यादव समूहले पटक–पटक आफूहरुमाथि आक्रमण गर्ने गरेको महराको भनाइ छ ।

एमाले नेता यादवका आफन्तहरुले उनीहरुलाई कुटपिट गरेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय धनुषाधामको प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए ।

प्रहरीको टोली घटनास्थल पुग्दा कुटपिट गर्नेहरु भागिसकेको जानकारी दिँदै उनले उक्त घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कारवाही गरिने बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo