KhabarUjyalo

‘मसंग जोरी खोज्ने माकुनेलाइ मैदानमा हिसाब किताब गर्छु’

२० श्रावण २०७८, बुधबार
‘मसंग जोरी खोज्ने माकुनेलाइ मैदानमा हिसाब किताब गर्छु’

काठमाडौं । नेपाल रेल्बे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले आफुलाई स्पष्टिकरण लिन र पदबाट बर्खास्त गर्न प्रचण्ड र माधव कुमार नेपालको दवाब रहेको बताएका छन् । भट्टराईले आफुलाई स्पष्टिकरण सोधिएकोबारे जवाफ फर्काउदै त्यस्तो बताएका हुन् । ‘मलाइ स्पष्टिकरण लिन र पदबाट बर्खास्त गर्न मुख्य रुपमा प्रचन्ड र माधव नेपालको भिषण दबाब रहेछ’, भट्टराईले सामाजिक सञ्जाल  फेसबुकमा लेखेका छन् ।

भट्टराई लेख्छन् ‘गुरु भट्टराई देखेर तिन कान्ला हाम फाल्नेहरु यो देश बनाउँछन भनेर कल्पना गर्नुरु म लाखौको जागीर छोडेर ५० हजारको जागीर खान बाध्यताले आएको हो ।’ त्यो बाध्यता मुलुक निर्माण र जनताको खुसहालीको निम्ति हो : मेरो आफ्नै ब्यक्तिगत चाहना हैन ।’

‘माधव नेपाल र प्रचन्डले राजनीतिको नाममा मुलुक लुट्ने र जनताको आन्द्रा चुस्ने काम गरेको बिपक्षमा जन हित र लोकतन्त्रको पक्षमा बोल्दा मेरो आचरण खराब भो ? भन्दै प्रश्न गर्नुहुन्छ ‘मैले त घोषित रुपमा भनेको हुँ, माधव नेपाल कहाँ बाट चुनाव लड्छन, २ महिना म त्यहि बिताउने वाला छु। म संग जोरी खोज्ने माकुनेलाइ मैदानमा हिसाब किताब गर्छु।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo