धनगढी : कैलालीमा एक किशोरीमाथि बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १४ वर्षीया किशोरीमाथि बलात्कार भएको हो।
बलात्कार गरेको अभियोगमा जिल्लाको जानकी गाउँपालिका–६ का४२ वर्षीय धरमविर चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए।
प्रहरीका अनुसार चौधरीले ती किशोरीलाई आफ्नै घरमा जबरजस्ती करणी गरेको थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बिष्टले बताए।