KhabarUjyalo

डडेल्धुरा घर भएका सशस्त्र प्रहरी जवान कार्यरत कैलाली कार्यालय परिसरमै मृत फेला

२० श्रावण २०७८, बुधबार
डडेल्धुरा घर भएका सशस्त्र प्रहरी जवान कार्यरत कैलाली कार्यालय परिसरमै मृत फेला

धनगढी, २० साउन/कैलालीमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा भेटिएका छन् । सशस्त्र प्रहरी बल ३४ नम्बर हेडक्वार्टरमा कार्यरत ३१ वर्षीय हरीशकुमार शाहीको कार्यालय परिसरमै शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१ कार्यालय परिसरमा जमेको पानीमा घोप्टो परेको अवस्थामा बुधबार बिहान साढे ५ बजे शाहीको शव फेला परेको थियो । शाहीको स्थायी घर डडेल्धुरा, भागेश्वर गाउँपालिका–१ हो ।

‘घटनाबारे अनुसन्धान भइरहेको छ,’ डीएसपी प्रतीक बिष्टले भने । उनका अनुसार शव पोस्टमार्टमका लागि सेती अस्पताल पठाइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo