KhabarUjyalo

छोराको पोषणभत्ता लिन गएका युवक वडाध्यक्षबाटै कुटिए

२० श्रावण २०७८, बुधबार
छोराको पोषणभत्ता लिन गएका युवक वडाध्यक्षबाटै कुटिए

सुर्खेत । जाजरकोटका एक वडाध्यक्षले स्थानीय एक युवालाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । 

जुनीचाँदे गाउँपालिका– २ का वडा अध्यक्ष रामबहादुर नेपालीले एक युवकलाई डोरीले बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको हो ।

वडाध्यक्ष नेपालीले स्थानीय युवक प्रेम दमाई माथि कुटपिट गरेको भिडियो देखिएको छ ।

सोमबार वडाध्यक्ष नेपालीसँग दमाईले आफ्नो छोराले पाउने बाल पोषणको रकम माग गरेपछि विवाद हुँदा नेपालीले दमाईमाथि कुटपिट गरेका हुन् । 

युवकलाई नाङ्गो बनाएर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा राख्दै वडाध्यक्षमाथि कारबाहीको माग गरिएको छ ।

जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा आचार्यले कानुनी राज्यको खिल्ली उडाउँदै कानुनलाई हातमा लिएर गरिब नागरिकका छोराछोरीमाथि कुटपिट गरी हात खुट्टा बाँधेर शक्ति देखाउने जनप्रतिनिधिमाथि कारबाही हुनुपर्ने बताइन् । 

वडाअध्यक्ष नेपालीले भने जाँडरक्सी खाएर जथाभावी अपशब्द बोल्दै ढुंगामुढा गरेकाले आफूले नियन्त्रणमा लिएको बताए ।

‘सामाजिक भत्ता वितरण भइरहेको थियो, एक्कासी ढुंगामुढा हान्दै गालिगलौज गर्दै भत्ता वितरण कार्यक्रममा असर गरेकाले नियन्त्रणमा लिएको हुँ,’ उनले भने, ‘मेरो आफ्नै भतिज नाता पर्ने हो, अरुले नियन्त्रणमा लिन सकेनन् । सार्वजनिक ठाँउमा सदभाव खल्बल्याएकाले प्रहरीलाई खबर गरेर म आफैंले नियन्त्रणमा लिएको हुँ ।’ 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo