KhabarUjyalo

हिन्दु राष्ट्रको पक्षमा खुले रामचन्द्र पौडेल

२० श्रावण २०७८, बुधबार
हिन्दु राष्ट्रको पक्षमा खुले रामचन्द्र पौडेल

काठमाडौं– महाधिवेशनको निकटतासँगै नेपाली कांग्रेसमा मतदाता (महाधिवेशन प्रतिनिधि)हरुलाई प्रभावित पार्ने होडबाजी सुरु भएको छ । 

खासगरी पार्टीका राष्ट्रवादी कित्तालाई प्रभाव पार्न नेताहरुबीच एक प्रकारको प्रतिस्पर्धा प्रारम्भ भएको पाइन्छ । काँग्रेसमा हिन्दुराष्ट्र एकीकृत सार्वभौमिकता, संसदीय प्रजातन्त्र र गैरजातिवादका पक्षधरहरुको बाहुल्य छ ।

उक्त मत आफूतिर  आकर्षित गर्ने प्रयासमा काँग्रेसमा नेताहरुले गरिरहेको समचार घटना र विचार साप्ताहिकले लेखेको छ।

बन्द कोठाहरुमा कांग्रेसका नेताहरु आफू हिन्दुधर्वालम्बी भएको बचाएर मुल कुुरा छल्न खोज्दैछन् । कांग्रेसमा हिन्दु राष्ट्रका सबैभन्दा विरोधी  नेताहरुमा रामचन्द्र पौडेल, विमलेन्द्र निधि, गगन थापा, कृष्णप्रसाद सिटौला र शेरबहादुर देउवाको नाम लिइन्छ ।

तर पछिल्लो समय विमलेन्द्र निधि र रामचन्द्र पौडेलले आफू हिन्दुराष्ट्रको पक्षमा भएको सन्देश आफ्नो बैठक कक्षदेखिद नयाँ दिल्लीसम्म प्रवाह गरिरहेका छन् । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo