KhabarUjyalo

विद्युत प्राधिकरणमा कुलमान घिसिङ्ग कि हितेन्द्रदेव शाक्य ?

१९ श्रावण २०७८, मंगलवार
विद्युत प्राधिकरणमा कुलमान घिसिङ्ग कि हितेन्द्रदेव शाक्य ?

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले राजीनामा नदिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन अलपत्र पर्ने संकेत देखिएको छ । प्रधानमन्त्री देउवाले आजै प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका थिए ।

देउवाले उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री पम्फा भुसाललाई बोलाएर कुलमानलाई प्राधिकरण प्रमुखमा नियुक्त गर्न निर्देशन दिएका थिए । प्राधिकरणको नाफा घटेको, अनधिकृत रुपमा विद्युत् कटौती हुने क्रम र विद्युत् चुहावट बढेको भन्दै प्रधानमन्त्री देउवाले कुलमानलाई नै प्राधिकरणको नेतृत्वमा ल्याउन निर्देशन दिएको स्रोतले जनाएको छ।

देउवाको निर्देशनपछि उर्जामन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बोलाएर पदबाट राजीनामा दिन भनेकी थिईन। 

तर, शाक्यले भने राजीनामा नदिने अडान लिएका छन् । तत्काल राजीनामा नदिने र सरकारले हटाए अदालतमा जाने साक्यले वताएको प्राधिकरणका कर्मचारीहरु वताउँछन् ।

आफू चार वर्षका लागि नियुक्त भएको र कार्यकालभरी राजीनामा नदिने उनले वताएका छन् । 

केपी शर्मा ओली नेतृत्वको सरकारबाट नियुक्ति पाएका शाक्यलाई कार्यसम्पादन राम्रो नभएको भन्दै कार्यकारी निर्देशकबाट हटाउने तयारी गरिएको छ। उनले राजीनामा नदिए स्पष्टीकरणमार्फत् हटाउने तयारीमा ऊर्जामन्त्री भुसालले गरेको जनाईएको छ ।


घिसिङले यसअघि पनि ४ वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। २८ भदौ ०७७ मा घिसिङको कार्यकाल सकिएको थियो । उनले प्राधिकरणमा दोहोर्याएर काम गर्ने इच्छा ब्यक्त गरेपनि तत्कालीन प्रधानमन्त्री ओलीले चासो दिएका थिएनन्। 

सरकारले २७ माघ ०७७ मा हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। नेपाल आजबाट

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo