KhabarUjyalo

सरकारद्वारा भूमी सम्बन्धी आयोग खारेज

१९ श्रावण २०७८, मंगलवार
सरकारद्वारा भूमी सम्बन्धी आयोग खारेज

काठमाडौं, १९ साउन । सरकारले भूमी सम्बन्धी आयोग खारेजको निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो ।

आयोगका पदाधिकारी मात्र नहटाई सरकारले आयोग नै खारेज गर्नुलाई अर्थपूर्ण मानिएको छ । खारेज गरिएको भूमि आयोगका अध्यक्षमा देवी ज्ञवाली थिए । उनी नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको मेयरका प्रत्याशी भई रेनु दाहालसँग पराजित भएका थिए ।

यसैगरी, मन्त्रिपरिषद्को नियमित बैठकले शिक्षा सेवा आयोगको अध्यषमा मधु प्रसाद रेग्मीलाई नियुक्त गरेको छ । सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जन छन् ।-फाइल तस्बिर

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo