काठमाडौं । प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई वर्तमान सरकारले खारेज गर्न माग गरेकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले नेतृ उनले यस्तो माग राखेकी हुन् ।
‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन । पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ,’ उनले भनिन् ।
जनविरोधी निर्णयको एउटा उदाहरण झापाको हदबन्दी बन्दा बढी विक्री गर्ने सरकारले निर्णय भएको उनले बताइन् ।उक्त निर्णय खारेजीको माग गर्दै झापाबाट एक प्रतिनिधि मण्डल नै काठमाडौं आएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।
यस्तै उनले भारतीय एसएसबीले दार्चुलास्थित महाकाली नदीको तुइन काटिदिँदा जयसिंह धामी नदीमा बेपत्ता भएको घटनाको सत्यतथ्य बुझेर दोषीलाई कारबाही गर्न पनि सरकारसमक्ष माग गरिन् ।