KhabarUjyalo

दार्चुला तुइन घटना अनुसन्धान गर्न गृह मन्त्रालयको छानबिन टोली आज दार्चुला पुग्दै

१९ श्रावण २०७८, मंगलवार
दार्चुला तुइन घटना अनुसन्धान गर्न गृह मन्त्रालयको छानबिन टोली आज दार्चुला पुग्दै

दार्चुला : महाकाली नदी पार गर्नेक्रममा स्थानीय जयसिंह धामी खसेर वेपत्ता भएको घटना बारे अध्ययन गर्न गठित कार्यदल टोली आज दार्चुला सदरमुकाम खलङ्गा पुग्दैछ। नेपाली भूभागबाट भारत प्रवेश गर्न लागेको बेला भारतीय सीमा सुरक्षा बल (एसएसबी) का २ जवानले तुइन चुँडालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्।

यो घटनाको सत्यतथ्य बुझेर सार्वजनिक गर्नका लागि सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानविन समिति बनाएको थियो। समितिका सदस्य हिजो दार्चुलाका लागि हिडे पनि डडेलधुरा बसेर आज दार्चुला पुग्दैछन् ।   

समितिका सदस्यसँगको छलफलका लागि तुइन चुँडिएर जयसिंह धामी वेपत्ता हुँदाका तीनजना प्रत्यक्षदर्शीलाई व्यासबाट खलङ्गा ल्याइएको छ।अनुसन्धानमा सहयोगका लागि उनीहरू सदरमुकाम खलङ्गा आएको दार्चुलाका साहयक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिइन्। प्रत्यक्षदर्शी बिक्रम रंकोली, कल्यान सिंह धामी र अनिता धामी हिजो राति करिब पौने आठ बजे जिल्ला सदरमुकाम दार्चुला पुगेको साहयक प्रजिअ जोशीले बताईन्। प्रहरी स्रोतका अनुसार प्रत्यक्षदर्शीको सुरक्षाका लागि तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको जनाएको छ।   

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo