KhabarUjyalo

आईजीपीको प्रस्तावले सशस्त्रमा हङ्गामा

१९ श्रावण २०७८, मंगलवार
आईजीपीको प्रस्तावले सशस्त्रमा हङ्गामा

काठमाडौँ l सशस्त्र प्रहरीमा आईजीपी शैलेन्द्र खनालले चिफ इन्स्पेक्टर पद थप्नेसम्बन्धी प्रस्ताव अघि बढाएपछि सङ्गठनभित्र व्यापक असन्तुष्टि देखिएको छ । सङ्गठनमा छलफल नै नगरी हचुवाको भरमा यस्तो योजना बनाइएको भन्दै उच्च अधिकारी मात्र होइन इन्स्पेक्टरहरु नै बेखुसी देखिएका छन् ।

सशस्त्रमा १६ वर्ष पुराना इन्सपेक्टरबाट डिएसपीमा बढुवा हुन सकेका छैनन् । २०६२ सालमा भर्ना भएकाहरू अझै इन्स्पेक्टर नै छन् । २०६४ सालमा भना भएकाहरू डिएसपी हुन २० वर्ष लाग्ने अवस्था छ । यो समस्या समाधानका लागि सशस्त्र प्रहरीमा लामो समयदेखि कुरा उठ्दै आएको छ ।

इन्स्पेक्टर र डिएसपीको बीचमा चिफ इन्स्पेक्टर पद  सिर्जना गरेर समस्या समाधान गर्न महानिरीक्षक खनालले प्रक्रिया अघि बढाएका छन् । तर, १६ वर्ष इन्स्पेक्टर भएपछि डिएसपी हुने पालो कुरिरहेका अधिकृतलाई चिफ इन्स्पेक्टर पद निल्नु न ओकल्नु हुने अवस्था देखिन्छ । यसले उनीहरूको मनोबल बढ्ने अवस्था छैन । आजको दृष्टिसाप्ताहिक समाचार छ

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo