KhabarUjyalo

गुडिरहेको जिपमा ढुङ्गा खस्दा सहचालकको मृत्यु, चालक घाइते

१९ श्रावण २०७८, मंगलवार
गुडिरहेको जिपमा ढुङ्गा खस्दा सहचालकको मृत्यु, चालक घाइते

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबाबा नजिकै गुडिरहेको जिपमा ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका वडा नं. ११ का २३ वर्षीय आशिष खाँड रहेका छन् । जिपका सह-चालक रहेका खाँडको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साेमबार बेलुका स्याङजाबाट बुटवलतर्फ जादै गरेको लु २ च ७३८७ नम्बरको साे जिप तिनाउ गाउँपालिका वडा नं. ३, रामापिथेकस नजिकै खसेको पहिरोमा परि स्याङ्जाको चापाकोट नगरपालिका-५ का चालक डिलु थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए ।

ढुङ्गासहितको पहिरो खसेपछि उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । पहिरोसहितको ढुङ्गा खसेका कारण अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा बुटवल खण्ड स्थानीय र प्रहरीको सहयोगमा एकतर्फी सुचारु भएको पनि प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo