धनगढी : सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
सोमबार १८६ नमूनाको परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै १४८ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालबाट ५ जना डिस्चार्ज भएका छन् । भने, ४ जना अस्पतालमा भर्ना भएका छन्। हाल अस्पतालमा १८ जना संक्रमित उपचाररत छन्