Khabar Ujyalo

खगराज भट्ट नेतृत्वको सुदूरपश्चिम सरकारले भदौमै बजेट ल्याउने तयारी

१५ भाद्र २०८३, सोमबार
खगराज भट्ट नेतृत्वको सुदूरपश्चिम सरकारले भदौमै बजेट ल्याउने तयारी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट भदौ महिनाभित्रै प्रदेशसभामा प्रस्तुत गर्ने तयारी रहेको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले बताएका छन् ।
खगराज भट्ट नेतृत्वमा नयाँ सरकार गठन भएपछि बजेट पुनर्लेखन गरी भदौभित्रै प्रदेशसभामा पेश गर्ने तयारी अघि बढाइएको हो।
यसअघि कमलबहादुर शाह नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि बजेट ल्याए पनि प्रदेशसभाबाट पारित हुन सकेको थिएन।
नयाँ सरकारले विगतका कमजोरी सच्याउँदै जनताको आवश्यकता र प्रदेशका प्राथमिकताका आधारमा योजना तथा कार्यक्रम समेटेर बजेट ल्याउने जनाएको छ। सरकारले बजेटलाई कार्यान्वयनमुखी र प्रदेशको आवश्यकतामुखी बनाउने दाबी गरेको छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.