Khabar Ujyalo

विराटनगरमा मध्यराति तीन तलामाथि चोरी गरेर भाग्ने क्रममा खसेर मृत्यु

१४ भाद्र २०८३, आईतवार
विराटनगरमा मध्यराति तीन तलामाथि चोरी गरेर भाग्ने क्रममा खसेर मृत्यु

विराटनगरमा मध्यराति चोरी गरेर भाग्ने क्रममा घरको तीन तलाबाट खसेर एक जनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका-४ गणेश चोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा गएराति चोरी गर्न छिरेका अन्दाजी ३५/४० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।

उनका अनुसार शनिबार राति १२:२० बजेतिर घटनास्थलमै उनको मृत्यु भएको हो।

ती व्यक्ति छिमेकीको घर हुँदै न्यौपानेको घरको तेस्रो तलामा पुगेका थिए। तेस्रो तलामा चोर पसेको थाहा पाएपछि घरधनीले होहल्ला गरेका थिए। वरपरका मानिस भेला हुन थालेपछि भाग्ने क्रममा तेस्रो तलाबाट खसेर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन।

 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.