डडेल्धुरा : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले २ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय गरिएको हो।
रसुवाको भोटेकोशीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार तथा राहतका लागि सहयोग जुटिरहेको छ।

