कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराका आफन्त र यातायात व्यवसायी बिच सहमति भएको छ ।
आज मंगलबार बेलुकी कानुनबमोजिम पीडितपक्षले १० लाख सहित क्षतिपूर्ति पाउने तथा दुर्घटनामा संलग्न चालकलाई कानुनअनुसार कारबाही गर्ने सहमति भएको हो ।
आइतबार बेलुकी महेन्द्रनगरबाट दार्चुलातार्फ जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२-००१ख९५६ नम्बरको बसले पानी बेचिरहेकी ५३ बर्षिया बोहरालाई किच्दा घटना स्थलमै मृत्यु भएको थियो ।
मृत्यु लगतै बसले किचेर मारेको भन्दै आफन्त र स्थानीयले कारबाही र क्षतिपूर्तिको माग राख्दै अत्तरिया बजारमा चक्काजाम सहित विरोधका गरेका थिए ।
बस र बस चालक दार्चुलाको मालिकार्जुन-२ बस्ने २४ वर्षीय रोहितसिंह धामीलाई प्रहरीले नि

