Khabar Ujyalo

साउनमा ७० हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गए

३ भाद्र २०८३, बुधबार
साउनमा ७० हजारभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा गए

काठमाडौँः चालु आर्थिक वर्षको पहिलो महिना साउनमा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या ७० हजारभन्दा धेरै रहेको छ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार साउनमा नयाँ र पुनः श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या ७० हजार ४४१ जना रहेको छ। अघिल्लो वर्ष साउनमा ६८ हजार ११० जना विदेश गएका थिए। यस्तै, चालु आर्थिक वर्षमा श्रमस्वीकृति लिने महिलाको संख्या पनि गएको वर्षको साउनको तुलनामा केही बढेको छ। विभागका अनुसार गएको वर्षको साउनमा ९ हजार १६२ महिला रोजगारीका लागि विदेश गएका थिए। यो वर्षको साउनमा ९ हजार ९६९ जना छ।

समग्रमा नै पोहोरको साउनको तुलनामा यस वर्ष साउनमा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै देखिन्छ। विभागले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारीमा जान श्रमस्वीकृति लिनेको संख्या बढेको जनाएको छ। पछिल्लो समय स्वदेशमा रोजगारीको सम्भावना कम हुँदै गएपछि वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढ्दै गइरहेको हो। विदेश जानेको समग्र संख्या बढ्दा विदेशबाट आउने रेमिट्यान्स २२ खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.