धनगढी :कैलालीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको गोदावरी नगरपालिका-१० खमौराका ५ वर्षीय अखिल मालीको सोमबार बिहान ४ बजेको समयमा सुतीरहेको बेला सर्पले डसेर मृत्यु भएको हो ।
सर्पले डसेपछि मालीलाई धनगढीको नोभा अस्पतालमा पुर्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।