धनगढी : कैलाली गोदावरीस्थित वनदेवी मन्दिर परिसरमा आँप र लिचिका बोट रोपिए छन् । शनिबार गौरीशंकर टोल सुधार संस्थाको आयोजनामा तेघरि सामुदायिक बनको सहयोगमा वनदेवी मन्दिर परिसरमा आँप र लिचिका बोट रोपिएका हुन् ।
तेघरि सामुदायिक बनको रु ८० हजार बराबरको आँप लिचीको बिरुवा, घेरबार जाली सहयोग र बिपन्न परिवारलाई सहयोग गरेको गौरीशंकर टोल सुधार संस्थाकि अध्यक्ष कृष्णा महराले जानकारी दिइन ।
पदम ओझाको अध्यक्षतामा वडा २ का अध्यक्ष यज्ञ महरा प्रमुख अतिथि, कृस्णा महारा विशिष्ट अतिथि लगायतको उपस्थितिमा बनदेबी मन्दिर परिसरमा बोट रोपिएको थियो ।