KhabarUjyalo

धनगढीमा एक घरबाट १५ तोला सुनसहित ६० तोला चाँदीका गहना चोरी !

२५ श्रावण २०८१, शुक्रबार
धनगढीमा एक घरबाट १५ तोला सुनसहित ६० तोला चाँदीका गहना चोरी !

धनगढी : कैलालीको धनगढीबाट १५ तोला सुनसहित ६० तोला चाँदी चोरी भएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका योगेन्द्र ओझाको घरबाट सुन र चाँडीका गहना चोरी भएका हुन्।

शिक्षक योगेन्द्र ओझाको साढे २ तले घरको ढोका फुटाएर चोरी गर्ने धनगढी–१८ फूलबारीका हर्क गिरीलाई कैलाली प्रहरीले पक्राउ गरेको छ। ओझाको घरमा कोही नभएको समयमा बुधवार बिहान गिरीले चोरी गरेका थिए। उनले सुन, चाँदीसहित २५ हजार नगदसमेत चोरी गरेका कैलाली प्रहरीले बताएको छ। कैलाली प्रहरीले बिहिवार राति गिरीलाई सुतेको अवस्थामा पक्राउ गरेको हो।

कैलाली प्रहरीले सीसीटीभी फुटेको विश्लेषणका आधारमा गिरीको पहिचान गरेको थियो। घटनाको विषयमा प्रहरीले अनुसन्धान गर्दैछ। गिरीले धनगढीको हसनपुरमा समेत एक घरमा चोरी गरेका थिए। उनी कैलाली कारागारबाट कैद भुक्तान गरेर श्रावण १७ गते मात्र छुटेका थिए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo