KhabarUjyalo

डडेल्धुरा जिप दुर्घटना अपडेट : गम्भीर घाइते ४५ वर्षीय पुरुषको मृत्यु

२४ श्रावण २०८१, बिहीबार
डडेल्धुरा जिप दुर्घटना अपडेट : गम्भीर घाइते ४५ वर्षीय पुरुषको मृत्यु

डडेल्धुरा: बिहीबार अपराह्न डडेल्धुराको सदरमुकाम नजिकै भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

डडेल्धुरा सदरमुकामबाट गन्यापधुरा गाउँपालिका–३ गौलीगाउँ जाँदै गरेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जिप अमरगढी नगरपालिका–५ बसपार्क नजिकै नालीमा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा गन्यापधुरा–३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ। उपचारका लागि डडेल्धुरा अस्पताल पुगाउँदा भूललाई चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा ६ जना घाइते भएको प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए। उनका अनुसार घाइते हुनेमा गन्यापधुरा–३ की ६४ वर्षीया इश्वरीदेवी विष्ट, ८ वर्षीया आत्मिका विक, २८ वर्षीया शारदा विक, ३० वर्षीया लक्ष्मी दमाई, ५० वर्षीया धिमादेवी दमाई र ४४ वर्षीय चन्द्र कठायत रहेका छन्।

घाइतेमध्ये इश्वरीलाई धनगढी रिफर गरिएको र बाँकी सामान्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए। जिपमा चालकसहित ८ जना सवार थिए। चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo