KhabarUjyalo

काठमाडौं आउँदै गरेको माइक्रोमाथि पहिरो खस्यो

२१ श्रावण २०८१, सोमबार
काठमाडौं आउँदै गरेको माइक्रोमाथि पहिरो खस्यो

काठमाडौं । धादिङबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ००६ ख ६५१२ नम्बरको माइक्रो पहिरोमा परेको छ ।

पृथ्वीराजमार्ग अन्तर्गतको धादिङको बांगेमोडमा माथिबाट पहिरोसँगै खसेको रुखले च्यापिएको हो ।

गुडिरहेको माइक्रोमा एक्कासि पहिरो खसेको माइक्रोका चालकले बताएका छन् । माइक्रोमा १५ जना यात्रु रहेका थिए ।

सबै घाइतेको अवस्था सामान्य नै रहेको छ । प्रहरीले पहिरोबाट माइक्रो निकालिसकेको छ भने दुईतर्फी नै अवरुद्ध रहेको पृथ्वीराजमार्ग केही बेरपछि खुल्ने जनाइएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo