काठमाडौं । राष्ट्रिय परिपत्रपत्रका लागि फोटो खिच्दा सिन्दुर, टीका र जातीय पहिचान झल्कने पहिरन लगाउन पाइने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सूचना निकालेर स्पष्टीकरण दिएको छ । उसका अनुसार राष्ट्रिय परिचयपत्रका लागि मुखाकृति र दुबै कान देखिने गरी फोटो खिच्नुपर्नेछ ।
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्दा टीका पुछ्न लगाउने, कपालमा कालो दल्न लगाउने, ढाकाटोपी लगाउन नदिएको गरेको भनेर गुनासो रहेको थियो ।